झापा: बिर्तामोड नगरपालिका क्षेत्रमा ब्याट्री चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय अनारमनिले ब्याट्री सहित बिर्तामोड–८ का २० वर्षीय कृष्ण राजवंशीलाई पक्राउ गरेको डिएसपी मोहन थापाले जानकारी दिए ।

बिर्तामोडका विभिन्न स्थानहरूबाट अटो रिक्साको ब्याट्रीहरू चोरी भएको दर्जनौँ उजुरी परेपछि चार पक्त लगाउन प्रहरी सक्रिय भएको थियो । विशेष प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा राजवंशीलाई शुक्रवार पक्राउ गरेको हो । राजवंशीको साथबाट भारत तर्फ बिक्री गर्न लाँदै गरेको अवस्थामा ८ थान ब्याट्री सहित फेला पारी नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीको भनाई छ ।