सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका ७ बाङगे गोसलाईन स्थित नहरमा सोही स्थान बस्ने ४० वर्षीया मेनुका राईको नहरको पानिमा डुबेर मृत्यु भएको छ ।

शनिबार दिउँसो साढे २ बजेको समयमा निजलाई मृत अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गर्नासाथ तत्काल अस्थायी प्रहरी पोष्ट बाङ्गेबाट प्रहरीको टोली खटिएको थियो भने थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।