झापा: हात्तीलाई थापेको धरापमा परेर शनिबार मामा भान्जाले ज्यान गुमाएको बुद्धशान्ति गाउँपालिकामा आइतबार बिहानै एक महिलाको शव फेला परेको छ ।

बुद्धशान्ति गाउँपालिकामा एकपछि अर्काे दुर्घटनाका खबर निरन्तर आइरहँदा स्थानीय चिन्तित छन् । प्रहरीका अनुसार बुद्धशान्ति ३ स्थित पेट्रोल पम्प नजिकैको नालीमा लडिरहेको अवस्थामा एक महिलाको शव भेटिएको हो । अन्दाजी ४० वर्षीया स्थानीय पुनम परियारको शव नालीमा लडिरहेको अवस्थामा आइतबार बिहान ९ बजेतिर भेटिएको हो ।

रातको समयमा दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने आशंका गरिएको इलाका प्रहरी कार्यालय बुधबारेले जनाएको छ । आमा राति घर नआएपछि रातको समयमा खोजी गरे पनि तर नभेटिएको मृतकका छोरा सिनु परियारले बताए