मोरङ: मोरङको कटहरी गाउँपालिका २ का कृष्ण मण्डलका ४ बर्षीय छोरा काले मण्डलको पोखरीमा डुबेर मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका ७ स्थित फुपुको घरमा बसेका बालक आज दिउँसो पौने ३ बजे आफै खेल्दै जाने क्रममा घर नजिकै रहेको माछा पोखरीमा डुबेका थिए । पोखरीमा डुबेर घाईते भएका बालकलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर पुर्याइएको थियो ।

उनको उपचारको क्रममा दिउँसो साँढे ३ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।