धरान: दुई दिनअघि धरान ११ स्थित ध्रुवतारा मार्गमा दिउँसै पसल तोडेर वियर, चुरोट, दाल र नगद चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय ३३ बर्षीय गौरीशंकर लिम्बुको घरमा रहेको पसल तोडेर चोरी गर्ने मन्दिप राईलाई प्रहरीले सामानसहित पक्राउ गरेको हो । उनले कार्तिक १६ गते पसल फोडेर गोर्खा स्ट्रङ बियर, सुर्य चुरोट, मुसुरीको कालो दाल, विभिन्न कम्पनीका चुरोट र नगद पनि ७ हजार चोरी गरेका थिए ।

घटनाबारे उजुरी आएपछि खोजी गर्ने क्रममा ३२ बर्षीय मन्दिप राईलाई चोरीको सामानसहित पक्राउ गरी चोरी मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।