धरान : किरात लोहोरुङ राई समाज जिल्ला कार्यसमिति सुनसरी शाखाको ७ औं वार्षिक साधारणसभा तथा तेश्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

तेश्रो जिल्ला अधिवेशनबाट कोषाध्यक्ष बाहेक पुनः पुरानै कार्यसमितिका पदाधिकारी सर्वसम्मतिमा चयन भएका छन् । शिवकुमार लोहोरुङ राईको अध्यक्ष्यतामा नौ सदस्य समिति गठन भएको हो । उपाध्यक्ष दिवा लोहोरुङ राई, सचिव रामप्रसाद राई, सहसचिव राष्ट्र कुमार राई, कोषाध्यक्ष पदमा कुमारी लोहोरुङ राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा संगीता लोहोरुङ राई, बाल कुमारी राई, जितेन्द्र राई, चन्द्र प्रसाद राई रहेका छन् ।

हङकङ लोहोरुङ समाजका सचिव धर्म कुमार लोहोरुङले कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिदै भने, ‘जुन जातीको भाषा संस्कृति हुँदैन, त्यो जातीको पहिचान रहदैन ।’ साथै यो समितिले भाषा संस्कृतिको संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

lohorung-rai

यसैगरी लोहोरुङ समाजका मोरङ जिल्ला सचिव चक्र बहादुर लोहोरुङले आफ्नो मौलिक पहिचानको रक्षा गर्नुपर्ने सुझाव दिए । किरात लोहोरुङ राईको केन्द्रिय महासचिव तथा कार्यक्रमका प्रमुख अतिथि गजेन्द्र लोहोरुङ राईले नयाँ कार्यसमितिलाई शुभकामना दिदै भने, ‘नेपालको पूर्वी जिल्लामा मूल थलोको रुपमा बस्दै आएको किरात लोहोरुङ राईहरु पनि अन्य राई जातीहरु जस्तै हुन्, हाम्रो भाषा, संस्कृतिको संरक्षण गर्न लागी पर्नु पर्छ ।’

उक्त अधिवेषनमा किरात लोहोरुङ राई कलाकारहरुले आफ्नो जातीय नृत्य समेत प्रस्तुत गरेका थिए । त्यस्तै सपना लोहोरुङ राईले “बचाउ आफ्नो पूर्खालाई” बोलको गजल पनि प्रस्तुत गरिन् ।

जिल्ला अधिबेशन शिव कुमार लोहोरुङ राईको अध्यक्षतामा धरान १० स्थित शैनिक भवनमा सम्पन भएको हो ।