उदयपुर : खोटाङको सावामझुवा गाउँपालिका ६ का ४० बर्र्षीय सुवास विक त्रियुगा नदीले बगाउँदा डुबेर बेपत्ता भएका छन् । सोमबार बेलुका पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका ९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर बिक बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीहरुको समेत सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।