ओखलढुङगा: ओखलढुङगाको मोलुङ गाउँपालिका ३ थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ । 

हिजो सोमबार दिउँसो २ बजे स्थानीय थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले घटनामा संग्लन्न रहेका सुनुवारलाई पक्राउ गरेको जनाएको छ । उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा बन्दुक समेत बरामद भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।