इटहरी: इटहरीमा एक व्यक्ति मृत फेला परेका छन् ।

इटहरीको पूर्व लाईनमा रहेको बुढी खोला किनारमा एक व्यक्ति मृत फेला परेका हुन् । ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीका अनुसार बेवारिसे मानिसको शब भेटिएको हो । 'बेवारिसे शब रहेछ,'उनले टेलिफोन सम्पर्कमा भने,'अहिले शब धरानमा रहेको छ, पहिचान हुँन बाँकी छ ।' उनका अनुसार शबको पहिचान हुँन बाँकी रहेको र शब धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।