ईलाम: ईलामको माई जोगमाई गाउँपालिका ५ सोयाङका ६० बर्षीय टेक बहादुर खड्काको भिरबाट लडेर मृत्यु भएको छ ।

बुधवार बिहान साँढे ९ बजेको समयमा घाँस काट्न जान्छू भनी हिडेका खड्का अबेरसम्म घर नफर्के पछी खोजतलास गर्ने क्रममा घर देखि करिव १०० मिटर पुर्वमा रहेको भिर मुनी मृत अवस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यालय नयाँ बजारबाट प्रहरी टोली खटिएको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रकृया पूरा गरी शव परिक्षणको लागि जिल्ला अस्पताल ईलाम पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।