तेह्रथुम: तेह्रथुमको लालिगुराँस नगरपालिका ९ सोल्मामा अरिङ्गालको टोकाईबाट ३ बर्षिय बालकको मृत्यु भएको छ ।

हिजो बिहान साढे ७ बजेको समयमा नेत्र बहादुर लिम्बुको छोरा बर्ष ३ को निक्सेन लिम्बुलाई आफ्नै बारीमा खेलीरहेको अवस्थामा आरिङगालले शरिरको बिभिन्न भागमा टोकेर घाईते बनाएको थियो । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम ल्याईएकोमा उपचारको क्रममा दिउँसो २ बजेको समयमा निजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।