झापाः वडा प्रहरी कार्यालय भद्रपुरले लागुऔषध सहित बेलवारी ७ मोरङका २२ वर्षीय बिशाल गुरुङलाई नियन्त्रणमा लिएको छ ।

आज साढे ४ बजे मेची पुलबाट गुरुङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनको साथबाट लुपि जेसिक ४९ एम्पुल, डाईजोपाम ४९ एम्पुल र हाईड्रम लोराईड थान ४९ गरी जम्मा १४७ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । पूर्वी नाकामा सुरक्षा व्यवस्था कडाई भएपछि कारोवारीले भद्रपुर प्रयोग गर्न थालेको पाइएको छ । झापामा मोरङबाट समेत लागुऔषध गर्न आउने गरेको यस घटनाले पुष्टि गरेको छ ।