धरान: अदालतबाट लागुऔषध मुद्दामा कैद तोकिएका तर फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुवैलाई जिल्ला अदालत सुनसरीमा पेश गरेर कैद भुक्तानको लागि आजै झुम्कास्थित कारागार पठाइएको पनि प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार जेल चलान भएकाहरुमा धरान १ का ३२ बर्षीय भीम अग्रवाल र धरान २ का ३३ बर्षीय मुन्नाप्रसाद मण्डल रहेका छन् । उनीहरुलाई २०७५ भदौ २५ गते अदालतले कैद सजाय तोकेको थियो । अदालतले अग्रवाललाई १ बर्ष र मण्डललाई ६ महिना कैद सजाय तोकेको थियो ।