दिक्तेल : खोटाङको रावावेशी गाउँपालिका ३ मा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार अपरान्ह पौने ५ बजेको समयमा रावावेशी गाउँपालिका ३ को जयरामघाटबाट एसेलुखर्क तर्फ जाँदै गरेको स १ च ५७३५ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडकबाट करिव २ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक थुलुङ दुधकोशी गाउँपालिका ४ का १८ वर्षीय निङमा तामाङ घाईते भई उपचारको लागि हलेशी तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी खोटाङले जनाएको छ ।