झापा: झापा दमक नगरपालिका ६ का एक व्यक्तिले आफ्नै घाँटीमा चक्कुले काट्दा मृत्यु भएको छ।

हिजो दिउँसो सवा २ बजे आफ्नै घरमा ४२ बर्षीय राजिब निरौलाले आफ्नै घाँटी चक्कुले काटेका थिए । गम्भिर घाईते भएका उनलाई लाईफ लाईन अस्पताल दमकमा उपचारको लागि लगिएको थियो । सामान्य उपचार पश्चात उनलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पुर्याइएको थियो । विराटनगरमा उपचारको क्रममा निरौलाको राती सवा ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।