झापा: झापाको दमक नगरपालिका १ रतुवाखोलामा बनाउदै गरेको नँया पुलको छेउमा पुलको लागि खनेको खाल्डेको जमेको पानीमा पौडी खेल्ने क्रममा २ जना बालकको मृत्यु भएको छ ।

शनिबार दिउँसो ३ बजेको समयमा झापाको दमक नगरपालिका १ का टेकबहादुर उपरकोटीको ९ बर्षीय छोरा आयुष उपरकोटी र पाँचथरको फाल्गुनन्द गाउँपालिका ५ घर भई हाल दमक नगपालिका १ मा डेरा गरी बस्ने बिरबहादुर चेम्जुङको १२ बर्षीय छोरा मिषन चेम्जुङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरीको टोली खटि घटनास्थल मुचूल्का तथा कानूनी प्रकृया पुरा गरेको उक्त कार्यालयले जनाएको छ ।