अहिले रायोको सिजन हो । साग खान मन पराउने सबैको भान्सामा यो पाकेको हुन्छ । पकाउन सजिलो, सजिलै उपलब्ध र स्वादिलो हुने भएकाले रायो अधिकांशको रोजाइमा पर्छ । रायो संसारभर उपलब्ध हुनेमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ । रायोको साग एकदमै स्वास्थ्यवद्र्धक पनि छ । रायोलाई पकाएर, काँचै वा सिजनिङ गरेर खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेको पोषण नष्ट हुन्छ ।

-रायो सागमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ । यसको सेवनबाट रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न सकिन्छ ।
-रायोमा पाइने भिटामिन ‘ए’, ‘सी’ र ‘के’ तत्वले शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।
-रायो सागमा पाइने फोलिक र म्याग्नेसियमले शरीरका विकारयुक्त वस्तुलाई बाहिर निकाल्छन् ।
-रायोको दाना पिसेर तरकारीमा हालेर खाँदा पाचन प्रक्रिया बलियो हुन्छ, यसले भोक नलाग्ने समस्यासमेत हटाउँछ । शरीरमा     भिटामिन ‘के’को कमीका कारण गर्भवती अवस्थामा वाकवाकी बढी लाग्ने, टाउको दुख्ने समस्या हुन्छन् । रायो सागमा भिटामिन   ‘के’ प्रचुर मात्रामा पाइने भएकाले गर्भवतीका लागि उपयुक्त हुन्छ ।
-जाडोमा बाथ रोगी र वृद्धवृद्धामा हड्डी दुख्ने समस्या बढी हुन्छ । रायोमा पाइने कपरले बाथ कम गर्छ । रायो भिटामिन ‘सी’को   राम्रो स्रोत भएकाले रुघाखोकी लागिरहने मानिसले रायोको साग खानुपर्छ ।
-यसले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ ।
-नियमित रायो साग खाँदा क्यान्सरको जोखिम कम हुन्छ । यसमा पाइने भिटामिन ‘के’ले नाक, पेट मुख, कलेजो, प्रोस्टोनको   क्यान्सर लाग्ने जोखिम कम गर्छ ।
-रायोको साग संसारभर उपलब्ध हुनेमध्ये दोस्रो बढी पोषणयुक्त तरकारीमा पर्छ । यसलाई पकाएर, काँचै वा सिजनिङ गरेर   खान सकिन्छ । धेरै पकाउँदा भने यसमा रहेको पोषण नष्ट हुन्छ ।