धरान : धरानमा हस्पिटालिटी तथा कष्टमर सर्भिस मेनेजमेन्ट तालिम सम्पन्न भएको छ । जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज प्रा.लि. को आयोजनामा बुधबार होटल गजुर प्यालेसमा उक्त तालिम सम्पन्न भएको हो ।

धरान भित्रका राम्रो तथा स्तरिय सेवा प्रदान गरिरहेको होटल तथा रेष्टुरेन्टहरुका ५० जना तालिममा सहभागी भएका थिए । मिटो खाना र राम्रो सुविधाको व्यवस्था गरेर मात्र ग्राहक सन्तुष्ट हुदैनन् । उनिहरुप्रति गरिने बोलीबचन, व्यवहार र आतिथ्य ग्राहक मैत्री हुन जरुरी हुन्छ । यि कुरालाई मध्यनजर गरेर तालिमको आयोजना गरिएको आयोजक कन्सल्टेन्ट पिपुल मेनेजमेन्ट एण्ड विजनेज डेभलपमेन्टका विजय मानन्धरले बताए । भिजिट नेपाल 2020 लाई समेत यस तालिमले सहयोग पुर्याउन ब्यावसायी युवा सम्राट श्रेष्ठले बताए ।

प्रशिक्षणको दैरानमा हिमालयन वाईटहाउस कलेजका प्रशिक्षक श्याम श्रेष्ठले ग्राहकलाई गर्ने आतिथ्य सत्कार नै ग्राहकको लागि महत्वपूर्ण कुरा रहेको बताए । तालिमबाट आफुले धेरै कुरा सिक्न पाएको र गरिरहेको व्यवहारमा धेरै परिवर्तन गर्नु पर्ने महसुस भएको सहभागीहरुले प्रतिकृया दिएका थिए । आयोजकले यस किसिमको तालिम ईटहरी, धरान र नेपालका प्रमुख शहरहरुमा तालिमको आयोजना गरिरहेको छ । तालिमको क्रममा कलेजले अध्यापन हुने विषय र सेवा सुविधाको बारेमा पनि जानकारी गराएको थियो ।