गाईघाट : उदयपुरमा कटुवा पेस्तोल सहित एक जना युवा पक्राउ परेका छन् ।

उदयपुरको बेलका नगरपालिका ३ सातपत्रे भन्ने स्थानमा सातपत्रेबाट रामपुर तर्फ जादै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकेर सोही स्थान बस्ने १९ वर्षीय मनोज खत्रीले ट्याक्टरमा काम गर्ने सोही स्थानका १८ वर्षीय बिश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल देखाएको सूचनाको आधारमा प्रहरीले खत्रीलाई पेस्तोल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा थप एक जनाको समेत संलग्नता रहेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि उक्त व्यक्तिको समेत खोजी भईरहेको प्रहरीले जनाएको छ ।