मोरङ: मोरङ बेलबारी नगरपालिका २ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ७० बर्षीय बल बहादुर लिम्बुको मृत्यु भएको छ।

आज बिहान ८ बजे पूर्बतर्फ जादै गरेको ना ६ ख ३७२७ नम्बरको ट्रकले पैदल यात्री तेह्रथुम बसन्तपुर नगरपालिका ४ का लिम्बुलाई ठक्कर दिदा गम्भीर घाइते भएका थिए । घाइते लिम्बुको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक बारा निजगढ नगरपालिका ९ का २५ वर्षीय रमेश बर्तौला ईलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा रहेका छन् ।