ओखलढुंगा:ओखलढुंगा चिसंखुगढी गाँउपालिका ८ जुकेपानीका ४८ बर्षीया अन्जु राईको भीरबाट लडेर मृत्यु भएको छ।

गए राती रुम्जाटारबाट घरतर्फ आउने क्रममा चिसंखुगढि ७ धनमुडास्थित भीरबाट अन्दाजी २० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उनको कुन समयमा खसेर मृत्यु भएको भन्ने खुलेको छैन । स्थानयबासीले आज बिहान ११ बजे प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउनसाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।