सिराहा : सिराहाको धनगढीमाई नगरपालिका-१० स्थित नगरकार्यपालिकाको कार्यालय गेटमा शंकास्पद बस्तु भेटिएको छ । शुक्रबार बिहान झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ ।

नगरकार्यपालिकाको कार्यालय गेटमा भेटिएको शंकास्पद बस्तुलाई प्रहरीले उच्च निगरानीमा राखेको छ । प्रहरीका अनुसार नेपाली सेनाको सिरीसेरगन डिस्पोजल टोली शंकास्पद बस्तुलाई डिस्पोज गर्न आउँदै छ । शंकास्पद बस्तु किन र कसले कसले राखेको हो भन्ने बारे कुनै जानकारी नभएको जिल्ला प्रहरी सिरहाले जनाएको छ ।