ताप्लेजुङ: ताप्लेजुङ सिदिङवा गाउँपालिका ५ लिम्बुदिनका ५५ बर्षीय जयबहादुर इदिङगो लिम्बुको भीरबाट लडेर मृत्यु भएको छ।

हिजो साँझ साढे ७ बजे उनी आङखोपबाट घर फर्कने क्रममा तनाके डाँडा भिर गोरेटो बाटोमा अचानक लडेर अन्दाजी ६ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका आफन्तले घटनाबारे प्रहरीमा खबर गरेपछि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ।