झापा: झापा कचनकवल गाउँपालिका ७ का ५५ बर्षीय कायाराय क्षेत्रीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

हिजो राती ९ बजे सोही स्थानमा रहेको पाथीभरा सामुदायिक वनको भवन नजिकैमा जंगली हात्ती आई क्षेत्रीलाई आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका क्षेत्री सोही सामुदायीक वनको भवनमा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएका थिए । घटना सम्बन्धमा कानुनी कारबाहीका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटि गएको उक्त कार्यालयले जनाएको छ।