धनकुटा: धनकुटा नगरपालिका १ हिलेस्थित कोशी राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका चालक र सहचालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार धनकुटा सिंजाली गाउँका ४० बर्षीय राजकुमार मगर र सह चालक सोही स्थानका २७ बर्षीय दलबहादुर सिंजाली मगरको मृत्यु भएको हो । आज दिउँसो साढे १ बजे सिधुवाबाट हिलेतर्फ आउदै गरेको को २ त ८७२१ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा चालक राजकुमारको सोही ट्याक्टरले किचि घटनास्थलमै मृत्यु भएको थियो भने घाईते भएका सहचालक दलबहादुरको उपचारको क्रममा विजयराज हस्पिटल हिलेमा पौने २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।