धरान: धरानको वडा नं ५ स्थित ठिंगाबारीमा विष्फोट भएको छ । निर्वाचनको पुर्वसन्ध्यामा विष्फोट भएको पुष्टि भए पनि क्षति भएको छैन ।

घटना सामान्य भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । 'म घटनास्थलमा नै छुँ, सामान्य आवाज आएको हो, त्यस्तो केही देखिएको छैन,'डिएसपी न्यौपानेले भने । उपनिर्वाचनको लागि धरानमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

वडा न. ५ का अध्यक्ष सन्तोष लिम्बुले पनि विष्फोट भएको बताए । उनका अनुसार ८ बज्न लाग्दा सामान्य विष्फोट भएको सुनिएको थियो । ‘म घटनास्थलतर्फ जादैछँ', विष्फोट भएको हो,’उनले भने ।

तस्बिर स्रोत: गुगल