गाईघाट : उदयपुर लिम्चुङबुङ गाँउपालिका ३ सिम्ले बस्ने भरत बहादुर मगरको छोरा १० वर्षीय ओपे भन्ने गणेश बहादुर मगरको भीरबाट लडेर मृत्यु भएको छ ।

शुक्रबार बेलुका ६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी गैरा स्थितको भीर नजिकै बालक मगरको लडेर मृत्यु भएको भन्ने स्थानीयले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ ईलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको उक्त कार्यालयले जनाएको छ । नाबालकको मानसिक सन्तुलन ठिक नभएको बुझीन आएको छ । यस सम्बन्धमा अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।