मोरङ: मोरङको सुन्दरहरैचा नगपालिका १० खोर्साने चोकबाट गाँजासहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ बस्ने २४ बर्षीय लक्ष्मी गुरुङ, सोही स्थानका १९ बर्षीय बिकाश धिमाल र १९ बर्षकै रितिक बस्नेत रहेका छन् । हिजो साँझ साढे ५ बजे प्रहरी चौकी बिराटचोकबाट खटिएको प्रहरी चेकीङ टोलीले मोटरसाईकलमा आएका तिनै जनालाई चेकजाँच गर्ने क्रममा ३ केजी ४ सय ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जनामाथि ईलाका प्रहरी कार्यालय बेलबारीबाट कारबाही प्रकृया अगाडी बढाएको उक्त कार्यालयले जनाएको छ।