मोरङ: मोरङको उर्लाबारी नगरपालिका ५ झुम्राहास्थित भित्री सडकखण्डमा टिफरको ठक्करबाट ४ बर्षीय बालिकाको मृत्यु भएको छ ।

आज बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको ना ८ ख ७०५३ नम्बरको टिफरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी ४ बर्षकी राधिका कुमारी मण्डललाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले कानूनी प्रकृया पुरा गर्नुका साथै टिफर र टिफर चालक मोरङको रतुवामाई नगरपालिका ५ का ३० बर्षीय आशिष कठेतलाई नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।