पाँचथर: पाँचथरको फालेलुङ गाउँपालिका ४ मेमेङका ७० बर्षीय टंकरानी थाम्सुहाङको आगलागीबाट मृत्यु भएको छ ।

सोमवार राती साँढे ११ बजे घरमा खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा घरभित्र सुतिरहेकी वृद्धाको जलेर मृत्यु भएको हो । बाँसको टाटी बेरा भएको एक तले कच्ची घरमा आगो लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटिएर शव परिक्षणको लागी जिल्ला अस्पताल फिदिम पठाउने कार्य भईरहेको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।