पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिका ६ ओसागुकी ४४ बर्षीय बिर्खमाया आङदेम्बेको आगोले पोलेर मृत्यु भएको छ ।

आज दिउँसोको समयमा खाना पकाउने चुलोमा घोप्टो परी टाउको जलेर मृत्यु भएको अवस्थामा उनलाई श्रीमानले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटना बारे जानकारी पाउनासाथ तत्काल प्रहरी चौकी आङसाराङ पाँचथरबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागी जिल्ला प्रहरी कार्यालय पाचँथरबाट प्रहरीको टोली खटिएको उक्त कार्यालयले जनाएको छ ।