खाँदबारी : संखुवासभाको चिचिला गाउँपालिका ३ केराबारी स्थित भित्री सडक खण्डमा गत १६ गते ट्याक्टर दुर्घटना भएकोमा उपचारमा संलग्न १ जनाको मृत्यु भएको छ ।

खाँदबारीबाट पुखुवा तर्फ टिनको पाता लोड गरि जादै गरेको को २ त ४३५९ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई दुर्घटना हुँदा खाँदबारी नगरपालिका ८ डाँडागाउ बस्ने ४३ वर्षीय चालक दिनेश तामाङ, सिलिचोङ गाउँपालिका ५ बस्ने ३१ वर्षीय प्रतिमाया राई, चैनपुर नगरपालिका ११ लुवाकोट बस्ने ३१ वर्षीय सुक्ला राई र सुकल राई घाईते भएका थिए ।

घाईते भएकाहरु मध्ये सुकल राईको अवस्था गम्भिर भएका कारण थप उपचारको लागी बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याईएकोमा उपचारको क्रममा बुधबार बिहान ६ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।