दिक्तेल : खोटाङको ऐसेलुखर्क गाउँपालिका २ देउराली स्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ४ काउले बस्ने ६० वर्षीय टंकबहादुर राई मृत अवस्थामा फेला परेका छन् ।

गत १४ गते घरबाट घरमा कोही कसैलाई जानकारी नगराई हिडेका उनलाई खोजतलाश गर्दै जाने क्रममा आफन्तले मंगलबार साझँ साढे ५ बजेको समयमा उक्त जंगलमा मृत अवस्थामा फेला पारेका थिए । घटनाबारे जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरीको टोली खटि आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान कार्य गरीरहेको उक्त कार्यालयले जनाएको छ ।