धरान: अदालतबाट कैद जरीवाना तोकिए पनि फरार भएका धरान ८ का एक युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले ३६ बर्षीय राज राईलाई लागुऔषध मुद्दामा प्रहरीले पक्राउ गरेको हो । उनलाई सर्वोच्च अदालतले २०७४ मंसिर २६ गते कैद सजायको फैसला गरेको थियो । प्रहरीका अनुसार उनलाई अदालतले १ बर्ष ३ महिना कैद र १ लाख जरिवानाको फैसला गरेको थियो ।