संखुवासभा: संखुवासभाको मकालु गाउँपालिका ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् ।

आज बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस्ने वर्ष २६ को हस्तम अली र देश भारत जिल्ला अलिकाद्वार बस्ने वर्ष २८ को अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।