झापा: झापाको मेचीनगर नगरपालिका १२ र बुद्धशान्ती गाउँपालिका ३ को सिमानामा पर्ने धाईजन चोकस्थित मेची राजमार्गमा बलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजेको समयमा पैदलयात्री सोही गाउँपालिका ३ का ७० बर्षीय हरिप्रसाद न्यौपानेलाई विर्तामोडबाट ईलामतर्फ जाँदै गरेको प्रदेश नं. १ ०१ र ००१ ज ३४०० नम्बरको बलेरोले ठक्कर दिएर लडाएको थियो । उक्त समयमै सोहि दिशा तर्फ जाँदै गरेको मे १ ज ३१९६ नंबरको गाडीले ठक्कर दिएर घाईते बनाएको थियो ।

घाईते उनलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा बिहान ९ बजेको समयमा मृत्यु भएको थियो । ठक्कर दिने दुबै सवारी साधन तथा चालकहरु ईलाम नगरपालिका १ बस्ने वर्ष २३ को ललित राई र ईलाम देउमाई नगरपालिका १ बस्ने वर्ष ३८ को कमल राईलाई ईलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ ।