झापा : नेकपा प्रदेश नं १ कमिटी सदस्य तथा झापा दमकका रेवतराज पुरी "गगन" का विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचार कपोकल्पित रहेको पुरीकी श्रीमती सिमा पुरीले दावी गरेकी छन् ।

आज दमकमा पत्रकार सम्मेलन गरेर उनले आफ्ना श्रीमानको नाम जोडेर बाहिरिएको समाचारमा सत्यता नरहेको दावी गरेकी हुन् । मंसिर १७ गते एक अनलाईन न्यूज पोर्टलमा पुरीले किर्ते कागजपत्र बनाएर अनाधिकृत जग्गा हडपेको सम्बन्धमा समाचार बाहिरीएको थियो । हाल पुरी नेपाल बाहिर रहेकोले समाचारको खण्डनका लागी पत्रकार सम्भेलन गरीएको उनले जनाएकी हुन । पत्रकार सम्मेलनमा सिमाले समाचारमा आएका सबै कुरा झुठा भएको र आफ्ना श्रीमान गगनको राजनैतिक छवी समाप्त पार्ने स्वार्थले समाचार बाहिरीएको उनको भनाई छ ।

समाचारमा प्रहरीले घरमा छापा मारेको भनिएको दिन घरमा कोहि पनि बाहिरी मान्छे नआएको र आफु सो दिन घरमै भएको जीकिर गर्दै उनले नागरिकताको विषयमा भने सर्वोच्च अदालतबाट गगनलाई पक्राउ पुर्जी आएको भने स्विकार गरेकी छन् । काम बिशेषले नेपाल बाहिर रहका भनिएकाका गगन केहि दिनमै नेपाल आउने र यी सबै विवादको सामना गर्ने समेत सिमाले प्रष्ट पारेकी छन् ।

उनले आफन्त, ईष्टमित्र छरछिमेक तथा सम्पूर्ण सुभचिन्तकहरुलाई हल्लाको पछाडी नलाग्न समेत आग्रह गरेकी छन् ।