झापा : झापाको कमल गाउँपालिका-७ बाह्रघरे चोक स्थित पाडाजुगी गौरिगंज भित्री सडक खण्डमा मोटरसाईकलमा सवार १ जनाको लडेर मृत्यु भएको छ ।

शनिबार बिहान साढे ११ बजेको मे. ११ प.१२२९ नम्बरको मोटरसाईकलमा स्थानीय ५२ बर्षिय तुलसीराम धिमाल र उनकी श्रीमती ५३ बर्षीयाा ज्ञानदेवी धिमाल उत्तरबाट दक्षीणतर्फ जादै गर्दा ज्ञानदेवी मोटरसाईकलबाट लडेर घाईते भई उपचारको लागी लाईफलाईन अस्पताल दमक पुर्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।