इटहरी : सुनसरीको दुहबीमा दिउँसै मोटरसाईकल चोरी भएको छ । सुनसरी भुटाहा घर भएका स्थानीय एक मेडिकलमा कार्यरत मनोज ठाकुरको को २५ प ८०६० नम्बर प्लेटको सुपर स्पेल्न्डर मोटरसाईकल शनिबार दिउँसो चोरी भएको हो ।

पीडित ठाकुरले ईलाका प्रहरी कार्यालय दुहवीमा जाहेरी दिएको भएपनि प्रहरीले बेवास्ता गरेको बताए । उनका अनुसार यहाँ यसअघि पनि चोरी हुने भएको भएपनि प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी निरीक्षक प्रबिण कार्कीलाई आँफूले मौखिक तथा लिखित जानकारी गराएको भएपनि उनले बेवास्ता गरेको पीडितको आरोप रहेको छ । स्थानीय पत्रकार अकबर अलीका अनुसार यहाँ चोरीको घटना बिगबिगी रहेको बताए । उनले भने, यहाँ चोरीका घटना अत्यधिक मात्रामा हुने भएको भएपनि प्रहरीले बेवास्ता गर्दै आएको छ, भित्री सडकखण्डमा अनुगमन नै गर्दैन । यसअघि गत मंसिर २ गते राती नै दुहबी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष माधब भण्डारीले प्रयोग गर्ने सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरी भएको थियो । उनले आफ्नै घरमा राखेको को १ ब १४०३ नम्बर प्लेटको सरकारी मोटरसाइकल चोरी भएको भएपनि प्रहरीको बेवास्ताका कारण नभेटिएको बताईएको छ ।