ईलाम: ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडास्थित होम स्टेमा आगोलागी हुदा २६ लाख बराबरको क्षती भएको छ ।

आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुई तले काठ, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिद्युत सर्ट भई अचानक आगोलागी हुदा उक्त मुल्य बराबरको क्षती भएको हो । आगोलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद रुपैया पाँचलाख तथा सम्पुर्ण जिन्सी सामानहरु पुर्ण रुपमा जलि नष्ट भएको छ ।

आगोलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी सामालबुङको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।