मोरङ: मोरङको मिक्लाजुङ गाउँपालिका ३ का ८५ बर्षीय बेद प्रसाद लिम्बुको रुखबाट लडेर मृत्यु भएको छ ।

बिहिवार अपरान्ह ४ बजेको समयमा घर नजिकै रहेको टाँकीको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर वृद्ध लिम्बु घाईते भएका थिए । उनलाई घरमा ल्याई राखिएकोमा घरमै मृत्यु भएको प्रहरीले जनाएकोछ ।

घटनाबारे खबर पाएपछि ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले बृद्धलाई घरमै मृत अवस्थामा फेला पारेको थियो । घटना सम्बन्धमा कानूनी प्रकृया तथा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।