सुनसरीः सुनसरीको रामधुनी नगरपालिका ७ का ५५ बर्षीय पुरन चौधरीको तालमा डुबेर मृत्यु भएको छ ।

बिहिवार अपरान्ह पौने ५ बजेको समयमा स्थानीय रास तालमा पौडी खेल्ने क्रममा अचानक डुबेर चौधरी घाईते भएका थिए । चौधरीको उपचारको क्रममा वीपीकोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा बेलुका पौने ७ बजे मृत्यु भएको हो । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।