इनरुवा : बलात्कार आरोपमा प्रहरी निगरानीमा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीमाथिको अभियोगपत्र तीनदिनभित्र अदालतमा बुझाईने भएको छ ।

तेस्रो पटक म्याद थपको क्रममा तीनदिन भित्र मिसिल बुझाउनु भन्ने अदालतको आदेशबमोजिमको तयारी थालिएको सुनसरी प्रहरीले जनाएको छ । डिएसपी विनोद शर्माका अनुसार अदालतको आदेशबमोजिम तीन दिनभित्र कृष्णदासउपको मुद्दा अदालतमा बुझाईनेछ । डिएसपी शमाका अनुसार कृष्णबहादुर गिरीसँगको बयान सकिएको छ । आवश्यक अनुसन्धानसमेत अन्तिम चरणमा पुगेको छ । अस्पतालको सुविधा सम्पन्न क्याबिनमा बसेर अदालतले दिएको म्यद गुजार्दै आएका गिरीको बयान लिन प्रहरीलाई भने निकै सकस परेको बताइन्छ । अनुयायीहरुसँग भेटघाट गर्ने र भलाकुसारी गर्ने कृष्णदास प्रहरीसामु बयानका लागि तयार नहुँदा डिएसपी शर्माको टोली निकै अस्पतालमा पुगेर फर्कनु परेको थियो । -ब्लाष्ट टाइम्स दैनिकबाट