गाईघाट : उदयपुरको कटारी नगरपालिका ८ पाखाटोल बस्ने कृष्ण राज श्रेष्ठको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ ।

शनिबार अपरान्ह साढे ४ बजेको समयमा घरमा कोही नभएको अबस्थामा उनकै ५ वर्षकी छोरीले लाईटर खेलाउँदा गाई गोठ बाट अचानक आगलागी हुँदा काठले बनेको, फूसको छाना भएको २ तले २ वटा घर, घर भित्र रहेको सुन, चाँदी, अन्नपात, लगायत अन्य सामानहरु जलेर पूर्ण रुपमा नष्ठ हुँदा उक्त मुल्य बराबरको क्षती भएको हो ।

घटनास्थलमा अस्थायी प्रहरी चेक प्वाईन्ट वेतिनी र स्थानीयबासीको सहयोगमा साँझ पौने ५ बजेको समयमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।