धरान: झण्डै एक बर्षअघि धरान ५ देउरालीका सुमन भुजेललाई धारिलो हतियारले आक्रमण गरी फरार भएका एक अभियुक्त पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय धरानले ज्यान मार्ने उद्योगको मुद्दाका फरार अभियुक्त धरान १५ का दाँते भन्ने गणेश राईलाई पक्राउ गरेको हो । उनले २०७५ चैत ७ गते देउरालीका भुजेललाई बन्चरो, खुकुरी, कट्टी समेतको धारिलो हतियारले आक्रमण गरेको प्रहरीको भनाई छ । फरार दाँतेलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गरीएको प्रहरीले जनाएको छ ।