उदयपुर: उदयपुरको चौदण्डीगढी नगरपालिका २ सुगारेस्थित भित्री सडक खण्डमा ट्याक्टरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो साढे १२ बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जादै गरेको को.२ त.६२५१ नम्बरको ट्याक्टरमा सवार स्थानीय ७ बर्षिया रोशिका कार्की ट्याक्टरबाट लडेर गम्भिर घाईते भएकी थिईन । घाईते उनलाई तत्काल उपचारको लागी बेल्टारस्थित शुभकामना मेडिकलमा ल्याईएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालक चौदण्डीगढी नगरपालिका ६ स्कुल डाँडाका २५ बर्षीय अम्मर कार्कीलाई ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ ।