इटहरी : सुनसरीको इटहरीमा रहेको क्वीक रेस्क्यु टिम नेपालको दोश्रो वार्षिक साधारण सभा तथा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ ।

विभिन्न प्राकृतिक विपत आगलागी, बाढिपहिरो लगायतको बेला तत्काल उद्दार तथा राहात दिने उद्देश्यसहित सञ्चालनमा आएको क्विक रेस्क्यु टिमले आफनो दुर्इृ वर्षको कार्यकालमा विभिन्न सामाजिक काम गरेको प्रतिवेदन प्रस्तुत गरेको छ । विभिन्न समयमा भएको आगलागीमा आगो नियन्त्रणमा सहयोग, रक्तदान कार्यक्रम, नगद सहयोग, बाढि पिडितलाई घरटहरा निर्माण लगायतको काम गरेको आफनो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष विक्रम वर्णबास येक्तेनले बताए । बिशुद्ध सामाजिक संस्थाको रुपमा रहेको क्विक रेस्क्युले विभिन्न समयमा आवश्यक्ता अनुसारको सहयोग गरेको बताउदै आगामी दिनमा विपद व्यवस्थापनको लागी चाहिने फायर प्रुफ ज्याकेट १०० थान, सेफ्टी हेल्मेट १०० थान, सेफ्टी जुत्ता १०० थान साथै सवारी साधन खरिद गर्ने योजना रहेको पनि प्रतिवेदन अध्यक्ष बिक्रम वर्णवासले प्रस्तुत गरेका थिए । क्वीक रेस्क्युले मानव बेचबिखन तथा बाल यौन शोषण सम्बन्धि चार दिने जनचेतना कार्यक्रमको पनि आयोजना गरेको थियो । सो कार्यक्रामको समापन सहित विभिन्न समयमा सहयोग गर्नेलाई सम्मान समेत गरीएको छ ।