झापा: झापाको बिर्तामोड नगरपालिका १ पश्चिम स्टेनस्थित पुर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान पौने ६ बजेको समयमा बिरगंजबाट काकडभिट्टातर्फ आउदै गरेको ना ४ ख ६११६ नम्बरको बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार बसको ठक्करबाट बाटो काट्दै गरेका इलाम नगरपालिका २ का ५६ बर्षीय होमनाथ ढुङ्गेल घाइते भएका थिए ।

गम्भीर घाईते भएका उनलाई उपचारको लागी बि.एण्ड सी. अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । ठक्कर दिने बस, बस चालक पर्सा जिल्लाको गढी नगरपालिका ९ का ३९ बर्षीय बेद बहादुर सुबेदीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ ।