गाईघाट : उदयपुरको त्रियुगा नगरपालिका १३ नयाँ बरुवा बसपार्क गाईघाट स्थित भित्रि सडक खण्डमा ट्याक्टरबाट लडेर १ जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ७ बजेको समयमा स १ त ६८०० नम्बरको ट्याक्टरमा लेवर काम गर्ने पछाडि सवार त्रियुगा नगरपालिका ६ जलजले बस्ने १६ वर्षीय प्रबेश अलि मिया ट्याकटरबाट झरेर गम्भिर घाईते भए पश्चात उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । ट्याक्टर, ट्याकटर चालक त्रियुगा नगरपालिका ६ जलजले बस्ने ४५ वर्षीय श्याम कुमार चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।