इटहरी: रगतको अभाव भएको बिभिन्न समाचार माध्यममा आए पछि रगत संकलन गर्ने उद्देश्यले सुनसरीको इटहरीमा नेपाल दशनामी समाज नगर समिति तथा युवा समितिको संयूक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रत्तदान जिवन दान भन्ने नेपाली भनाईलाई सार्थकता दिन पनि हाम्रो प्रयासले रगत अभावलाई केहि सहज हुन्छ भन्ने उद्धेश्यले यो रक्तदान गरिएको युवा समिति प्रदेश एकका अध्यक्ष जंगराज गिरिले बताए । रेडक्रस सुनसरीको प्राविधिक सहयोगमा भएको रत्तदान कार्यक्रममा करिब ४० जना भन्दा बढिले रत्तदान गरेको आयोजकले जनाएको छ ।